Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज भदौ १४ गते सोमवारको राशिफल


    सोमबार, भाद्र १४ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

    इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । वित्तीय संस्थाबाट लाभ नै मिल्नेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

    आज आस्था बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय नै हुनेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

    आज उमङ्ग र उत्साहमा कमी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिकैको व्यक्तिबाट धोका पाइनसक्छ सचेत रहनुहोला ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
    शुभ समाचार सुन्न पाइएला । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    आज मनमा शान्तिको अनुभूति हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

    आज श्रद्धा र भक्ति बढ्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । बहुमूल्य वस्तु हात पर्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 

    मनमा दुबिधा उत्पन्न होला । शृङ्गारमा धन खर्च हुनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । प्रेमसम्बन्धमा बाधा पुग्नसक्छ, सचेत हुनुपर्छ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

    दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट हुनेछ । सोच्दै नसोचेको धन हातलाग्न सक्छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 

    रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

    आज धार्मिक कार्यमा मन जानेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 

    प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 

    आज सुखद् यात्राको योग छ । स्व विवेकको प्रयोगले कार्य सिद्ध हुनसक्छ । वित्तिय संस्थाबाट सहयोग पनि पाइने र दिन सुखद् रहनेछ ।
    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । 
    – ज्यो.प. नारायणप्रसाद दुलाल 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार