Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आफन्तको मलामी गएका युवक खोलामा बगेर बेपत्ता


    आइतबार, भाद्र १३ २०७८
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बैतडी । आफन्तको मलामी गएका एक युवक खोलामा बगेर बेपत्ता भएका छन् ।

    बेपत्ता हुनेमा सिगास गाउँपालिका–२ का २२ वर्षीय प्रकाशसिंह धामी रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

    मलामी गएका ती युवकलाई नुहाउने क्रममा आज बिहान १०ः०० बजे टुँडे खोलाले बगाएको हो । बेपत्ता ती युवकको खोजी भइरहेको छ ।

    यस्तै मलामी गएका नरेन्द्रसिंह धामी, वीरेन्द्रसिंह धामी, नन्द धामी र वीरेन्द्र धामीलाई पनि खोलाले बगाएको थियो । उनीहरुको मलामी गएका व्यक्तिले सकुशल उद्धार गरेका छन् ।

     

    •  
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार