Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेटौँडा–काठमाडौँ सडक पुनः अवरुद्ध


    आइतबार, भाद्र १३ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । निरन्तर वर्षाका कारण मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको थिङ्डाँडामा पहिरो जाँदा हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडक अहिले पुनःअवरुद्ध भएको छ ।

    ईन्द्रसरोवर– ३ थिङ्डाँडामा पहिरो जाँदा अहिले उक्त सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । अहिले पनि पहिरो हटाउने क्रम जारी छ ।

    प्रहरीका अनुसार लेदो माटोसहितको ठूलो पहिरो खसेको र वर्षा भइरेहको हुँदा पहिरो पन्छाउन समस्या भएको हो ।

    यसअघि शुक्रबार र शनिबार पनि भीमफेदी गाउापालिका–६ देउराली नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । शनिबार साँझबाट उक्त सडक सञ्चालन भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार