जनकपुर, ११ जेठ । आइतबार आइसोलेसनबाट एक कोरोना संक्रमित व्यक्ति भागेका छन्। प्रादेशिक अस्पताल जनकपुरधाममा रहेकोअस्पतालबाट संक्रमित आज बिहानै भागेका हुन ।
धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार आइसोलेसन कक्षमा रहेका एक संक्रमित व्यक्ति भागेको हो।
‘संक्रमितको मानसिक स्थिति ठिक नभएकाले उनले पटक/पटक भाग्ने प्रयास पनि गरेका थिए, आज बिहान उनी झ्याल फोडेरै भागेका छन्,’ उनले भने।
आइसोलेसन कक्षबाट भागेका संक्रमित सर्लाहीका ४० वर्षिय पुरुष हुन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
जनकपुरको कोभिड विशेष अस्पतालको आइसोलेसनमा सर्लाही, महोत्तरी, धनुषा र सिरहाका कोरोना संक्रमित गरी ४० बढी बिरामी उपचारत छन्।
यसअघि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरिरहेका दुई जना कोरोना संक्रमित भागेका थिए। पछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो।