Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकीलाई देश छाड्न तालिबानले दिएको म्याद सकिँदै, २४ घण्टाभित्र काबुलमा फेरि आक्रमण हुन सक्ने बाइडेनको चेतावनी


    आइतबार, भाद्र १३ २०७८
    740
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानाको काबुल बिमानस्थलमा फेरी आतंककारी आक्रमण  हुन सक्ने संकेत मिलेको बताएका छन् ।

    शनिवार एक विज्ञप्तिमार्फत बाइडेनले २४ देखि ३६ घण्टाभित्रमा अर्को आक्रमण हुनसक्ने संकेत मिलेको जानकारी दिएका  हुन्।

    अमेरिकाले अबको तीन दिनपछि अफगानिस्तान पूर्ण रुपमा छाड्ने तालिका बनाएको थियो । यद्यपि बाइडेनले पछिल्ला दिनहरुमा आफ्ना नागरिकलाई सुरक्षितपूर्वक देश फिर्ती नगरेसम्म आफ्नो फौजले अफगानिस्तान नछाड्ने बताइसकेका छन्।

    यसअघि पनि अमेरिकाले काबुल विमानस्थल बाहिर आक्रमण हुनसक्ने चेतावनी दिएको थियो। चेतावनी दिएको केही समयमै काबुल विमानस्थलबाहिर दुई शक्तिशाली आत्मघाती बम विस्फोट हुँदा १७० जना अफगानी र १३ जना अमेरिकी सेनाको मृत्यु भएको थियो। 

    उक्त आक्रमणमा विस्फोटका योजनाकार मारिएको अमेरिकी सेनाको दाबी छ । सो आक्रमणको जिम्मा आइएसआइएस–के ले लिएको थियो।

    विस्फोटमा ज्यान गुमाउनेमा सामान्य अफगानि नागरिकदेखि लिएर अमेरिकी सैनिक रहेका छन्  । तालिबानकै केही लडाकुहरुको पनि ज्यान गएको बताइएको छ। उक्त विस्फोटको घाउ नसुक्दै काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को आक्रमण हुने खतरा रहेको बताइएको छ ।

    तालीवानले यही अगष्ट ३१ तारीख सम्मको समय सीमाभित्र अमेरिकी सेना फिर्ता भइसक्नुपर्ने चेतावनी दिइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार