काठमाडौं। नेपालमा बितेको २४ घण्टामा १८५७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४०९ पीसीआर परीक्षणमा १५१६ जना र ३७६७ एन्टिजेन परीक्षणमा ३४१ जना गरी १८५७ जनामा संक्रमण पुष्टि भएको हो ।
बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या दुई हजार २ सय २२ रहेको छ भने कोरोना संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ ।हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ । नेपालमा कोभिड–१९ को मृत्युदर १.५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।