Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रुखका एक दुई पात खस्दैमा केही फरक पर्दैन : ओली


    शनिबार, भाद्र १२ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालपक्षले  अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताएका छन् ।

    आज  महालक्ष्मी नगर कमिटीले लुभुमा आयोजना गरेको  कार्यक्रममा उनले भने ‘एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । उनले  भने रुखमा नयाँ नयाँ पालुवा पलाउँदैछन् । नयाँ नयाँ हाँगा हाल्दैछन् ।’

    ओलीले एमालेलाई षड्यन्त्रपूर्वक सरकारबाट हटाइएको भन्दै अब आउने चुनावमा सबै षड्यन्त्रको हिसाब लिने बताए । ‘अब कुनै पनि निर्वाचन क्षेत्रमा अरुलाई जित्न दिँदैनौं’ ओलीले भने ।ओलीले  नेकपा एमाले फुटेको नभई अलिकति चोइटिएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार