Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने: कानुनमन्त्री कार्की


    शनिबार, भाद्र १२ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • मोरङ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चाकर्मीसँग कुरा गर्दै उनले सबै दलसँग छलफल गरेर  छिट्टै मन्त्रिमण्डल विस्तार गरिने प्रष्ट पारेका छन्  । सरकारका प्रवक्ता कार्कीले स्थिर सरकार र दिगो विकासका लागि गठबन्धन दलबाहेक अन्य दललाई पनि सरकारमा सहभागी गराउन  कुरा भइरहेको जानकारी दिए ।

      समयको महत्व बुझेर सरकारले जनताले अनुभूति गर्ने गरी  दिगो विकासका कार्य गर्ने प्रष्ट पार्नुभएका उनेले राजनीतिक दलसम्बन्धी अध्यादेश आवश्यक्ता र बाध्यताले ल्याइएकाले आगामी अधिवेशनमा यस सम्बन्धमा छलफल हुने जानकारी दिएका छन् । 

     एक प्रश्नको जवाफमा मन्त्री कार्कीले नेपाली कांग्रेसको अधिवेशन तोकिएकै समयमा गर्न यही भदौ १८ गते वडास्तरीय अधिवेशन गरिने  र सभापतिको उम्मेदवारीका लागि पनि सूचना जारी गरिने जानकारी दिनुभयो । एमसीसीे एक विकास परियोजना भएकाले यो हाम्रो मुलुकलाई जरुरी छ भन्दै उनले यस सम्बन्धमा दलहरुबीच छलफल गरेर मात्र पारित गर्ने बताएका छन्  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार