Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • लकडाउन अवधिमा ११४ जनाद्धारा आत्महत्या


    आइतबार, जेष्ठ ११ २०७७
    650
    Shares
  • २ मिनेट पाठ
  • डोटी, ११ जेठ। लकडाउन लागु भएयता सुदूरपश्चिम प्रदेशमा ११४ जनाले आत्महत्या गरेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार गत चैत ११ गतेदेखि शुक्रबारसम्म १ सय १४ जनाले आत्महत्या गरेका हुन ।

    प्रदेश प्रहरी कार्यालय दिपायलले यस अवधिमा ५६ महिला र ५८ पुरुषले आत्महत्या गरेका जानकारी दिएको छ ।। जसमा बालक पाँच र बालिका १० रहेका छन् ।

    सबैभन्दा बढी ९१ जनाले झुण्डिएर आत्महत्या गरेको खुलेको प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक ९एसएसपी० मुकेशबहादुर सिंहले जानकारी दिए । उनले भने, ‘झुण्डिएर आत्महत्या गर्नेहरुमा महिला ३३ र १३ बालबालिका रहेका छन् ।’

    यस्तै विष सेवन गरेर १९ जनाले आत्महत्या गरेका छन् । भिरबाट हामफालेर दुई र पानीमा हामफालेर दुई जनाले आत्महत्या गरेको एसएसपी सिंहले जानकारी दिए ।

    गत वर्ष यही अवधिमा सुदूरपश्चिममा ११३ जनाले आत्महत्या गरेका थिए । लकडाउनका बेला आत्महत्याका घटना बढेका समाचार आइरहेको भए पनि सुदूरपश्चिममा त्यस्तो समस्या नदेखिएको एसएसपी सिंहको भनाइ छ ।आत्महत्या गर्नुमा लकडाउनले खासै असर नगरेको भए पनि महिलाको संख्या भने गत वर्षको तुलनामा बढेको तथ्याङ्कले देखाउँछ ।

    गत वर्ष यो अवधिमा ११ बालिकासहित ५० महिलाले आत्महत्या गरेका थिए भने यो वर्ष १० बालिकासहित ५६ महिलाले आत्महत्या गरेका छन् ।गतवर्ष पाँच बालकसहित ६३ जना पुरुषले आत्महत्या गरेका थिए भने यस वर्ष पाँच बालकसहित ५९ पुरुषले आत्महत्या गरेका छन् ।

    पारिवारिक विवाद, घरेलु हिंसा, प्रेममा धोका, पढाइमा असफलता जस्ता कारणहरुले आत्महत्या गर्ने गरेको पाइएको एसएसपी सिंहले बताए ।सुदूरपश्चिममा गत आर्थिक वर्षमा ४७५ जनाले आत्महत्या गरेका थिए भने चालु आर्थिक वर्षको हालसम्म ४१६ जनाले आत्महत्या गरेका छन्

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार