Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना निको हुने दर ९३ प्रतिशत


    शनिबार, भाद्र १२ २०७८
    740
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं, १२ भदौं । बितेको  २४ घण्टामा देशभर थप दुई हजार ६५ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल सङ्क्रमितको संख्या आठ लाख ३८ हजार ९४८ पुगेको छ ।

    तीमध्ये पीसीआर परीक्षणबाट सात लाख ५६ हजार ४९२ र एन्टिजेन परीक्षणबाट ८२ हजार ४५६ सङ्क्रमित थपिएका छन् । गत २४ घण्टामा थप दुई हजार ३३७ जना सङ्क्रमित निको भएका छन् । यो सहित नेपालमा निको हुनेको संख्या सात लाख आठ हजार २३० पुगेको छ ।

    यस्तै निको हुने दर ९३ दशमलव ६ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप २५ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ । यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार आठ हजार ७५२ जनाको पीसीआर तथा चार हजार ३६५ जनाको एन्टिजेन विधिबाट कुल १३ हजार ११७ जनाको नमुना परीक्षण भएको छ ।  आजको गोरखापत्र दैनिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार