Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भिरबाट लडेर युवा संघका जिल्ला सदस्यको मृत्यु


    शनिबार, भाद्र १२ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बैतडी । भिरबाट लडेर गम्भीर घाइते भएका युवा सङ्घका सदस्य विजय भाटको उपचारका क्रममा मृत्यु भएको छ ।

    दशरथचन्द नगरपालिका– ५ दमरखोलीका ३० वर्षीय भाटको उपचारका क्रममा शुक्रबार धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको यहाँका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

    बिहीबार साँझ सदरमुकामबाट घर फर्किने क्रममा स्थानीय कलुवाड मोडबाट लडेर भाट घाइते हुनुभएको थियो । घाइते भाटको जिल्ला अस्पतालमा उपचार नभएपछि शुक्रबार बिहानै ४ः०० बजे धनगढी रेफर गरिएको थियो ।

    उनको शुक्रबार धनगढीस्थित मायामेट्रो अस्पतातमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको एक छोरा र श्रीमती छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार