Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • हेर्नुहोस् आज भदौ १२ गते शनिवारको राशिफल


    शनिबार, भाद्र १२ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

    घरायसी समस्या बढ्नेछ । लामो समयदेखिका बाधाहरू स्वतः फुकुवा हुनेछन् । कला र गलाको प्रभाव बढ्नेछ र मनमा शान्ति छाउनेछ ।

     

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

    मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला र शिक्षामा वाधा आउनेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

    रमाइलो यात्राको योग रहेको छ । कार्य सम्पादनमा सहजता मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
    आज आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा हुनसक्छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

    विचार परिवर्तन भै परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । अधुरा कामहरू पुरा हुनसक्छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 

    आज प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोबारमा मन्दी आउला । पेटसम्बन्धी समस्याले पनि पिरोल्न सक्छ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 

    धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । चलाखी पूर्ण बोलीले कार्य सम्पादन हुनसक्छ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

    धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । सन्तान सुख पनि मिल्नेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 

    शुभ समाचार सुन्न पाइएला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । अरुको मन जित्न सकिनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

    आज सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 

    आज नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभव बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । मनपर्ने स्वादिष्ट भोजन पनि पाइनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 

    कुनै कुराले मनमा शान्ति छाउला । धार्मिक कार्य सफल रहनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।
    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार