Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपा विभाजन भएको होइन, केही व्यक्तिहरू आफैँ बाहिरिएका हुन्ः उपेन्द्र यादव


    शुक्रबार, भाद्र ११ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधाम । पार्टीको केन्द्रीय समिति वा संसदीय दलमध्ये एकातिर २० प्रतिशत पुगेमा दल विभाजन गर्न पाइने अध्यादेश ल्याएकोमा प्रधानमन्त्री शेरबहादुर देउवासँग जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आक्रोसित भएका छन् । जसपाका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोलाई पार्टीबाटै निस्कासन गर्ने र दलबिहीन पारी पार्टी कब्जा गर्ने योजनामा रहेका यादव अध्यादेश ल्याएर दल विभाजन गर्न सहज बनाएपछि प्रधानमन्त्री देउवासँग आक्रोसित भएका हुन् । जुन आक्रोस आज उनले धनुषामा पोखेका छन् ।

     अध्यक्ष यादवले प्रतिगमनविरुद्धको आन्दोलन छोडेर असंवैधानिक कदमको मतियार भएकालाई प्रधानमन्त्री देउवाले उद्धार गरेको टिप्पणी गरेका छन् । जनता समाजवादी पार्टीले आज जनकपुरधाममा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले ‘दलदलमा फसेका व्यक्तिहरू’ पार्टीबाट गएपछि जसपालाई राजनीतिक कोर्ष, सङ्घीयता र लोकतन्त्रको मान्यता अगाडि बढाउन सहज भएको बताए । उनले भने–‘जसपा विभाजन भएको हैन, पार्टीबाट हटाइनु पर्ने व्यक्तिहरू आफैँ बाहिरिन पुगेका हुन् ।’

     यादवले आरक्षण, शासकीय स्वरूप, निर्वाचन प्रणाली, जनसङ्ख्याको अधारमा समानुपातिक समावेसी, सामाजिक न्यायको प्रत्याभूति गराउने न्याय प्रणालिको सवालमा संविधान संशोधन आवश्यक रहेको जिकिर गरेका छन् । यादवले नेपालको राजनीतिक दलमा समाजवादी शब्दको स्वीकारोक्ती बढ्दै गएको प्रति खुशी व्यक्त गरे । उनले भदौदेखि मङ्सिरसम्म पार्टीले शुरु गरेको अभियानमा योगदान गर्ने र काम गर्ने नेताहरूलाई मात्र पार्टीमा अवसर र पद प्राप्त हुने स्पष्ट पारेका छन् ।

     अध्यक्ष यादवले समुन्नत समाजवादी लोकतन्त्रलाई संस्थागत गर्दै पूँजी र प्रविधि समयानुकूल प्रयोग गर्न सकिए देशबाट गरिबी र बेरोजगारीको अन्त्य हुने धारणा व्यक्त गरे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार