Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोटरसाइकल एकापसमा ठोक्किदा दुई जनाको मृत्यु


    आइतबार, जेष्ठ ११ २०७७
    630
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, ११ जेठ । टोखा नगरपालिका–२ पञ्चेटारमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

    आइतबार बिहान विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।

    स्थानीय मनोज दुलाल र पासाङ तामाङको मृत्यु भएको र दुवै मोटरसाइकल चालक रहेको प्रहरीले बताएको छ।

    बिहान ५ बजे बा८५प ५६६ र बा९१प ११८८ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो।

     

    दुर्घटनामा अन्य तीन घाइते भएको र उनीहरुमध्ये सामान्यको ग्रिनसिटी अस्पताल र केही गम्भीर रहेकाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार