Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पहिरोमा परी नवलपरासीमा एकै घरका तीन जना बेपत्ता, एकको उद्धार


    शुक्रबार, भाद्र ११ २०७८
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नवलपरासी । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोटमा पहिरो खस्दा एकै घरका तीन बेपत्ता भएका छन् ।

    हुप्सेकोट–४ माथिल्लो चारघरे रुम्सीमा आज बिहान खसेका पहिरामा परी तीन बेपत्ता हुनुका साथै एक घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार पहिराले चार घरेका ५० वर्षीय हस्तबहादुर पुलामीको घरमा पूर्णरुपमा क्षति पुर्याएकाे छ । उनका अनुसार पहिराले पुरेका अवस्थामा उनलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा ल्याइएको छ । पहिरामा बेपत्ता भएकाको खोजी जारीे छ ।

    पहिरामा परी पुलामीकी ४० वर्षीया श्रीमती धनमाया , सात वर्षीया नातिनी भूमिसरा र छ वर्षीया नातिनी देउमाया पुलामी बेपत्ता भएका सूचना अधिकारी सिंहले बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार