काठमाडौं । कक्षा १२ को परीक्षा भदौ अन्तिम सातादेख सञ्चालन हुने भएको छ ।
सरकारले कक्षा १२ का विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप उपलब्ध गराउने व्यवस्था गरेसँगै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा भदौ अन्तिम सातादेख सञ्चालन गर्ने तयारी गरेकाे हाे ।
विद्यार्थीको भौतिक उपस्थितमै परीक्षा सञ्चालन गरिने तयारी गरेकाे बाेर्डले परीक्षाको नयाँ तालिका अबकाे एक साताभित्र सार्वजनिक गर्ने बताएकाे छ ।
यसअघिकोरोनाभाइरसको संक्रमणको उच्च जोखिमका कारण अन्तिम समयमा परीक्षा स्थगित गरिएको थियो।