Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लकडाउन उल्लघंन गर्ने ६७१ सवारीसाधन कारबाहीमा


    आइतबार, जेष्ठ ११ २०७७
    850
    Shares
  • १ मिनेट पाठ
  •  

    जुम्ला, ११ जेठ । कोरोना रोकथाम तथा नियन्त्रण गर्नको लागि जारी गरेको लकडाउन उल्लङ्घन गर्ने र सवारी पास दुरुपयोग गर्नेलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ । उनीहरुलाई जुम्लाबाट नियन्त्रणमा लिएको हो ।

    प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार गत चैत १० देखि जेठ १० गतेसम्म ६७१ सवारीसाधनलाई प्रहरीले नियन्त्रण लिई कारवाही गरेको हो ।कारबाहीमा पर्नेमा ९६ चारपांग्रे ठूला सवारी साधन र ५ सय ७५ दुईपाङ्ग्रे मोटरसाइकल छन् ।

    निश्चित प्रयोजन र समयावधिका लागि भनी तोकिएको पासलाई अवधि समाप्त भएपछि वितरित पासको प्रयोग गरी दुरुपयोग गरेको पाइएकाले सवारी साधन नियन्त्रणमा लिएर कारवाही गरेको प्रशासनले जनाएको छ । कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन तथा रोकथामका लागि लकडाउन गरिएकाले पालना गर्न गराउन थप कडाइ गरिएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार