Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंमा आजदेखि भेरोसेलको दोस्रो मात्रा खोप लगाइने


    शुक्रबार, भाद्र ११ २०७८
    680
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंमा आजदेखि ३ दिनसम्म भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ। 

    जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भेरोसेलको पहिलो मात्रा लगाएका ५० वर्षभन्दा माथि उमेर समूहका नागरिक, विश्व विद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्क सेवामा कार्यरत व्यक्ति, खोप अनिवार्य गरिएका देशका देशमा जाने नेपाली नागरिक र यसअघि भेरोसेलको दोस्रो मात्रा लगाउन छुटेका नागरिकलाई दोस्रो मात्रा खोप दिन लागिएको हो।

    दोस्रो मात्रा खोप लगाउने जाने नागरिकले पहिलो मात्रा खोप लगाएको खोपकार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहितको नम्बर ल्याएको आधारमा खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार