काठमाडाैं । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।
सरकारका प्रवक्ता एवं कानू मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बालुवाटारमा बिहिबार बसेको मन्त्रिपरिषद बैठकले धामीका परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हाे ।
गत साउन १५ गते भारतीय सुरक्षाकर्मीले महाकाली नदीमा रहेको तुइन काटिदिँदा धामी वेपत्ता भएका थिए । उनी अझै फेला परेका छैनन् ।