मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ सय ४ किलो गाँजा र मिनी ट्रकसहित एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीले थाहा नगरपालिका- ३ दोबाटो स्थित सडकखण्डमा डाँडाखर्कबाट शिखरकोट तर्फ जाँदै गरेको ना ७ ख ७६६४ नम्बरको मिनी ट्रकसहित गढी गाउँपालिका ८ बुढीचौर बस्ने बर्ष ४१ का अम्बरबहादुर घिसिङ लाई पक्राउ गरेको हाे ।
मिनी ट्रकमा लागुऔषध रहेको सूचनाको आधारमा ट्रकसहित उनलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएकाे छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिएको मिनी ट्रकबाट ८ वटा पोकामा लागुऔषध गाँजा जम्मा १ सय ४ किलो गाँजा बरामद गरिएकाे छ ।