Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यी हुन् माधव नेपालको पक्षमा लागेका सांसदहरू (नामावलीसहित)


    बुधबार, भाद्र ९ २०७८
    875
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का ५५ केन्द्रीय सदस्य र २९ सांसदले निर्वाचन आयोगमा सशरीर उपस्थित भई दलको पक्षमा सनाखत गरेका छन् ।

    सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा आयोगले उक्त दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित बिहान ११ः३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि बोलाएको थियो ।

    उक्त दलका नेता राजेन्द्रप्रसाद पाण्डेले दल दर्ताका लागि निवेदन दिँदाका बेला ५८ जनाको नाम पेस गरेकामा दुईजना मात्र सनाखतमा सामेल हुन नसक्नुुभएको जानकारी दिए ।

    केन्द्रीय सदस्य भास्कर काफ्ले र रवीन कोइराला सो सनाखतमा उपस्थित भएनन्। पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट सनाखत गरेका छन् ।

    सङ्घीय संसद्का २९ जना सांसदले पनि उक्त दलको पक्षमा सनाखत गरेका छन् । अरू दुईजनाको प्राविधिक समस्याका कारण सनाखत हुन बाँकी रहेको नेता पाण्डेले जानकारी दिए ।

    आयोगमा उपस्थित भएर पनि सनाखत गर्न नपाएका केही सांसदका लागि विद्यमान अध्यादेश र ऐनका कारण प्राविधिक समस्या देखिएको जानकारी दिइएको छ । सांसद सोमप्रसाद पाण्डेय, मायादेवी ज्ञवाली र शारदा भट्टको निवेदनका बेला दस्ताखत नभए पनि आज उक्त दलको पक्षमा सनाखतका लागि आयोग पुगेका थिए ।

    निर्वाचन आयोगले आजै नेकपा (एकीकृत समाजवादी)लाई दल दर्ताको प्रमाणपत्र दिने बताइएको छ । सनाखतपछि नेता पाण्डेले भने, “दल दर्ता हुनासाथ विगतमा समानान्तर कमिटी भनेर बनाइएका कमिटीलाई ब्युँताएर वडा तहसम्म संरचना विस्तार गर्ने तथा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र इच्छुुक पार्टीमा सामेल हुन पाउने व्यवस्था छ, त्यसका लागि काम गर्नेछौँ ।”

    केही दिनभित्र केन्द्रीय कमिटी बनाउने र राष्ट्रिय सम्मेलनको आयोजना गरेर कार्यक्रमसहित अघि बढ्ने उनले बताए । दलको मान्यता पाउन ४१ केन्द्रीय सदस्य वा ३१ सांसदको समर्थन आवश्यक पर्दथ्यो ।

    सांसदहरुको सूची

    १. माधवकुमार नेपाल

    २. मुकुन्द न्यौपाने

    ३. कल्याणीकुमारी खड्का

    ४. विरोध खतिवडा

    ५. जीवनराम श्रेष्ठ

    ६. रामकुमारी झाँक्री

    ७. निरादेवी जैरु

    ८. प्रेमबहादुर आले

    ९. मेटमणि चौधरी

    १०. सरला यादव

    ११. भवानी खापुङ

    १२.पुष्पाकुमारी कर्ण कायस्थ

    १३. समिना हुसेन

    १४.कृष्णलाल महर्जन

    १५. कृष्णकुमार श्रेष्ठ

    १६. कलिला खातुन

    १७. हिराभन्द्र केसी

    १८. धनबहादुर बुढा

    १९. गोपालबहादुर बम

    २०. पार्वतीकुमारी विशुंके

    २१. लक्ष्मी चौधरी

    २२. विना बुढाथोकी

    राष्ट्रिय सभा

    २३.बेदुराम भुसाल

    २४.शेरबहादुर कुँवर

    २५. ठगेन्द्रप्रकाश पुरी

    २६. उदया शर्मा(पौड्याल)

    २७. सिंगबहादुर विश्वकर्मा

    २८. नन्दा चपाइँ

    २९. शान्तिकुमारी अधिकारी जिसी

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार