Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादीमा प्रदेश र जिल्ला इञ्चार्ज तोकियो, प्रवक्ताको जिम्मेवारी महरालाई (परिपत्रसहित)


    बुधबार, भाद्र ९ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी बाँडफाट गरेको छ ।

    जसमा संगठन विभाग प्रमुखको जिम्मेवारी जनार्दन शर्मा ‘प्रभाकर’ले पाएका छन् भने पार्टी प्रवक्ता पूर्वसभामुख कृष्णबहादुर महरालाई बनाइएको छ ।

    यस्तै, माओवादीले केन्द्रीय विभाग, प्रदेश इञ्चार्ज र सहइञ्चार्ज, जिल्ला इञ्चार्ज तथा जनवर्गीय संगठनका इञ्चार्जहरु समेत तोकेको छ ।

    प्रदेश १ को इञ्चार्ज सुरेन्द्र कार्की -राम कार्की), प्रदेश २ गणेश शाह, बागमती प्रदेशमा हितमान शाक्य रहेका छन् । यसैगरी गण्डकी प्रदेशको इञ्चार्ज हितराज पाण्डे, लुम्बिनी प्रदेशमा चक्रपाणी खनाल ‘बलदेव’, कर्णाली प्रदेश इञ्चार्ज शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेश इञ्चार्ज खगराज भट्टलाई बनाइएको छ ।

    पार्टीको स्कुल विभाग इन्चार्जमा अध्यक्ष प्रचण्ड आफैं र प्रमुखमा गिरिराजमणि पोखरेल छन् । प्रवक्ता महरालाई प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको जिम्मेवारी पनि दिइएको छ ।

    हेर्नुहोस् सुची :

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार