बैतडी । जन्मिनेवित्तिकै शिशुलाई उखुबारीमा फालेर हत्या गरेको आरोपमा प्रहरीले बैतडीमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डिलाशैनी गाउँपालिका वडा नम्बर ७ ढाँडकी ३५ वर्षीय माधवी कार्की हुन् ।
प्रहरीका अनुसार ६ गते आइतबार शिशुलाई जन्म दिएकी उनले जन्मिनेवित्तिकै उक्त शिशुलाई घर नजिकैको उघुवारीमा फालेर हत्या गरेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी बोधराज ओझाका अनुसार उनले शिशुलाई किन उखुबारीमा फालिन् भन्ने कुरा अझै खुलेकाे छैन ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरिले जानकारी दिएकाे छ ।