काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेज गर्न माग गर्दै यसअघिका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दर्ता गरेको रिट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नै इजलासमा राखेर सुनुवाई गर्दैछन् ।
भदौ २ मा कुमार रेग्मीको इजलासमा राखिएको उक्त रिट हेर्न नभ्याइनेमा राखिएको थियो । शाक्यले ३२ साउनमा आफूलाई पुनर्वहाली माग गर्दै रिट दायर गरेका थिए ।
शाक्यले दिएको रिटमा सुनुवाई गर्न समेत कुनै न्यायाधीश तयार नभएको अवस्थामा
रिटमा शाक्यले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गरेका छन् ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, ऊर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाइएको छ ।
जल तथा ऊर्जा आयोगमा गरिएको नियुक्ति शाक्यले अस्वीकार गर्दै प्राधिकरणको कार्यकारी निर्देशक कायम रहेको दावी गरेका छन् ।
