काठमाडौं । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले मध्यमार्गी धारको रुपमा चिनिएका र सोमबार एमालेमा बिलीन भएका ५७ नेताहरुसँग गम्भीर नैतिक प्रश्न तेस्र्याएका छन् ।
देवकोटाको प्रश्न छ– मध्यमार्गी धारका नेताहरुले प्रतिनिधिसभा पुनस्र्थापनालाई अब कसरी लिने हुन् । केपी शर्मा ओलीले नेतृत्व गरेको एमालेले प्रतिनिधिसभा पुनस्र्थापनालाई दुर्भाग्यपूर्ण भनेको अवस्था छ । प्रतिनिधिसभा पुनस्र्थापनालाई दुर्भाग्यपूर्ण भन्ने ओली र महान र ऐतिहासिक भन्ने घनश्याम भूसाल, भीम रावल, सुरेन्द्र पाण्डेलगायत मध्यमार्गीहरु कसरी सँगै जान सक्छन् ?
देवकोटाले तेस्रो धारका नेताहरुलाई अर्को अहम् सवाल पनि उठाएका छन्–‘ओलीले सामूहिक नेतृत्वबाट एकल नेतृत्वमा जाने निरंकुश निर्णय गरिसकेको अवस्थामा मध्यमार्गी धारका नेताहरु उनका वरिपरि घुम्ने र राममन्दिर बनाउने उनको योजनामा साथ दिन गएका हुन् ?’
सांसद देवकोटा लेख्छन्–‘नेकपा एमालेले प्रतिनिधिसभा पुर्नस्थापनालाई दुर्भाग्य भनेको र यसको देशव्यापी भण्डाफोर गर्ने निर्णय गरेको छ । भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतका तेस्रो धारका नेताले प्रतिनिधि सभा पुर्नस्थापनालाई महान र ऐतिहासिक भनेका छन् । प्रतिनिधिसभा विघटन जालसाझ र अपराध थियो भन्ने धारणासमेत उनीहरुको थियो र छ ।
अब प्रतिनिधिसभा पुनस्र्थापनालाई दुर्भाग्य भन्ने र ऐतिहासिक उपलव्धि ठान्नेका बीचको मिलनविन्दु कसरी र कहाँनेर हुन्छ ? विपरीत धु्रवका यी दुई धार सँगसँगै जान सक्लान् ?
निश्चित छ । सक्दैनन् । ऐतिहासिक उपलब्धी ठान्नेले ऐतिहासिक भूल भयो भन्नैपर्दछ ।
असहमतिका अरु पनि प्रशस्तै मुद्दाहरु छन । पहिला विचारमा सहमति र एकरुपता नभएसम्म भागवण्डामा रमाउनु र मिलाउनुको कुनै अर्थ छैन ।
घनश्याम भुसालका विचारका सारका आधारमा नै भन्ने हो भने तेस्रो धारका नेता र कार्यकर्ताहरुलाई अव दास बन्नुको बिकल्प छैन । मैले देख्दिनँ ।
सामूहिक नेतृत्व प्रणालीबाट एकल नेतृत्व जस्तो संविधानको भावना विपरीतको निरंकुशतातर्फ उन्मुख हुने निर्णयले नै सन्देश दिइसकेको छ । अब तिमीहरु सबै मेरै वरिपरि घुम्ने हो । पूजापाठ गर्ने हो, राममन्दिर बनाउने हो ।’

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend