Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गत साता भारतबाट आएका थिए नवलपरासीका संक्रमित


    शुक्रबार, जेष्ठ ९ २०७७
    835
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, ९ जेठ । नवलपरासी पूर्वका कोरोना संक्रमित भारतबाट आएको पुष्टि भएको छ । शुक्रबार संक्रमण पुष्टि भएका विनयत्रिवेणी गाउँपालिका ६ का ४५ वर्षका पुरुष भारतको गुजरातबाट जेठ १ गते फर्किएको खुलेको हो ।

    जिल्ला स्वास्थ्य कार्यालयको विज्ञप्तिका अनुसार उनी जेठ १ गते नेपाल प्रवेश गरी सुस्ताको बोधीनगरमा रहेको क्वारेन्टाइनमा दुई दिन बसेका थिए । त्यसपछि एम्बुलेन्समा राखेर उनलाई जेठ ३ गते विनयत्रिवेणी गाउँपालिका ६ को क्वारेन्टाइनमा राखिएको छ ।

    जेठ ६ गते ज्वरो आएपछि उनलाई ७ गते क्वारेन्टाइनस्थलबाट एम्बुलेन्समा राखेर चोरमाराको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखिएको थियो ।

    कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार विहान साढे ४ बजे चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले उनमा ज्वरो नभएको र अवस्था सामान्य रहेको कार्यालयले जनाएको छ ।

    ती व्यक्तिको सम्पर्कमा आएकाहरुको खोजी सुरु गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार