काठमाडौँ, ८ जेठ । नेपालमा थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बिहीबार ९ कोरोना संक्रमित थपिएका हुन्।यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ ।
उनीहरूमध्ये रुपन्देही १ र झापामा ८ जना पुरूष छन्। उनीहरू सबै क्वारेन्टिनमा बसेका थिए।संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
बिहीबार नै काठमाडौंको टेकु अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित निको भएर घर गएका छन्। अहिलेसम्म ४९ जना संक्रमित निको भएका छन्।