Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना कहर : विश्वभर ५० लाख भन्दा बढि संक्रमित


    बिहिबार, जेष्ठ ८ २०७७
    2.3K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, ८ जेठ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या ५० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना संक्रमित हुनेको संख्या ५० लाख ५६१ पुगेको छ ।

    संक्रमित हुनेमा सबैभन्दा बढी अमेरिकामा १५ लाख ५१ हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ, रुसमा तीन लाख आठ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ ।

     

    त्यस्तै ब्राजिलमा संक्रमितको संख्या दुई लाख ९१ हजार नाघेका छन् । बेलायतमा अहिलेसम्म करिब साढे दुई लाख मानिस संक्रमित भएका छन् ।

    त्यस्तै कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या पनि तीन लाख २८ हजार १९१ पुगेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेमा सबैभन्दा बढी अमेरिकामा ९३ हजारभन्दा धेरै पुगेको छ ।

    बेलायतमा ३५ हजारभन्दा धेरै मानिसको मृत्यु हुँदा इटालीमा पनि ३२ हजारभन्दा धेरै मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

    विश्वभर कोरोना भाइरसबाट निको हुने संक्रमितको संख्या पनि करिब १९ लाख पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार