Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दशगजा क्षेत्रमा सुरक्षा पोष्ट बनाउने अडानबाट भारत पछि हटयो


    बुधबार, जेष्ठ ७ २०७७
    860
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, ७ जेठ ।नेपाल भारतको सिमानाका दशगजा क्षेत्रमा सुरक्षा पोष्ट बनाउने अडानबाट भारत पछि हटेको छ । पर्साको ठोरीका वासिन्दाको विरोध र अवरोधपछि भारत आफनो निर्णयबाट पछि हटेको हो ।

    गरिक समाज ठोरीका अगुवा सन्तोष श्रेष्ठका अनुसार ठोरी गाउँपालिका–४ का स्थानीयको निरन्तर विरोध र अडानपछि सीमाबाट करिब ३० मिटर पर सारेर सुरक्षा पोष्ट बनाउन भारत सहमत भएको छ ।

    भारतको वन विभागको टोलीले भ्यूटावरसहितको सुरक्षा पोष्ट बनाउन गिट्टी, बालुवालगायतका निर्माण सामग्रीसमेत ल्याएको थियो ।

    भारतीय पक्षले दशगजा क्षेत्रमा भ्यूटावरसहितको सुरक्षा पोष्ट बनाउन खोजेपछि स्थानीयले विरोध गरेको सुवर्णपुरस्थित सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सिंहवीर(सागर) मल्लले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार