Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अर्थमन्त्री पदबहाली गरेकै दिन नेप्सेमा ६८.४७ अंकको गिरावट


    बुधबार, फाल्गुन २१ २०७६
    720
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं, २१ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाको बहिर्गमन हुने हल्लाले एक्कासी बढेको सेयर बजार उनको पुनः नियुक्ति हुने निश्चित भएसँगै ह्वात्तै ओरालो लागेको छ ।
    बुधार धितोपत्र बजार नेप्से परिसूचकमा भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६८.४७ अंकले घटेर एक हजार ४ सय ४१.२० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १५.१७ अंकले घटेर ३०८.८७ मा पुगेको छ ।  

    बुधबार कूल १७४ कम्पनीका ६७ लाख ७१ हजार १४१ कित्ता सेयर दुई अर्ब ९० करोड ८४ लाख ७२ हजार ६०३ मा खरिद बिक्री भए । कारोवार भएका कूल १२ वटै उपसमूहको सेयर ओरालो लागेको छ ।
    बैंकिङ ६०.९७, व्यापार २.९७, होटल ८०.०४, विकास बैंक ७२.१४, जलविद्युत् २९.९६, फाइनान्स १४.१, निर्जीवन बीमा ४०६.९५, उत्पादन ८८.६७, अन्य २८.५, माइक्रोफाइनान्स १४८.२५, जीवन बीमा ४५६.९६ र सामूहिक लगानी कोषको ०.१२ अंकले ओरालो लागे ।

    कारोवार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको सेयर २६ करोड ६६ लाख ३२ हजार ८८१ मा खरिद बिक्री भयो । एनएमबी बैंकको १३ करोड ८९ लाख ३७ हजार ११९, हिमालयन डिष्टिलरीको १३ करोड २२ लाख पाँच हजार ७८, एनआइसी एशिया बैंकको १३ करोड एक लाख तीन हजार ५०८ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको सेयर १० करोड छ लाख २८ हजार १११ मा खरिद बिक्री भए ।
    बजार घटे पनि सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.१७ प्रतिशतले कमाए । यस्तै रिलायन्स फाइनान्स ५.०४, लक्ष्मी भ्यालु फण्ड–एक १.९०, स्वरोजगार लघुवित्त विकास बैंक १.६२, साल्ट ट्रेडिङ कर्पोरेशन ०.८५ र मल्टिप्रपोज फाइनान्स कम्पनीका शेयरधनीले ०।७९ प्रतिशतले कमाए ।

    बुधबार सबैभन्दा बढी नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, स्वदेशी लघुवित्त वित्तीय संस्था र कालिका माइक्रोक्रेडिट डेभलपमेन्टका शेयरधनीले समान १०–१० प्रतिशतले गुमाए ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार