Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अर्थमन्त्री खतिवडाद्वारा पदभार ग्रहण


    बुधबार, फाल्गुन २१ २०७६
    675
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं,  २१ फागुन । राष्ट्रियसभा सांसद मनोनीन नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले डा.युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका छन् । मिर्गाैला प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा जानुअघि प्रधानमन्त्री ओलीले खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका हुन् । खतिवडालाई अर्थमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको थियो । अस्पतालबाटै खतिवडाको नियुक्ति सिफारिस भएको थियो । राष्ट्रियसभा सदस्यको दुईवर्षे कार्यकाल सकिएकै दिन मंगलवार खतिवडाले मन्त्रीबाट राजीनामा दिएका थिए ।

    नेकपा सचिवालयले खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभाको मनोनीत कोटामा उपाध्यक्ष वामदेव गौतमलाई पठाउन सिफारिस गरेको छ । तर प्रधानमन्त्रीले सो सिफारिस अस्वीकार गर्दैआएका छन् । र, उनले कसैलाई पनि राष्ट्रियसभाको सदस्यमा सिफारिस पनि गरेका छैन । 

    सपथ लिएलगत्तै सिंहदबारस्थित मन्त्रालयमा पुगेर खतिवडाले बुधबारै पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले आफूलाई योद्धाको रुपमा प्रस्तुत गरेका थिए ।  उनले ‘बजेट निर्माण, आर्थिक नीतिहरु अगाडि बढाउने सन्दर्भमा विकास प्रशासन, सामाजिक न्याय, समानताको लडाइँ लड्ने म एउटा योद्दा भएको बताएका थिए । योद्दा लडाइँमा त्यो बेलासम्म लडिरहन्छ, जुनबेलासम्म कमाण्डरले फर्किएर आउ भन्दैन वा युद्ध जित्दैन । मेरो कार्यकाल पनि त्यही हो, जबसम्म युद्ध जितिँदैन या कमाण्डरले फिर्ता आउ भन्दैन, तबसम्म मुलुकका गरिबी, अभाव, अन्यायविरुद्ध लडिरहनेछु । त्यसै भएकाले यसको कुनै समय सीमा हुँदैन ।’
    खतिवडालाई अर्थ मन्त्रालयका अलावा सूचना तथा सचार प्रविधि मन्त्रीको जिम्मा पनि दिइएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार