Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनकपुरमा पीसीआर मेसिन थन्क्याइयो


    सोमबार, जेष्ठ ५ २०७७
    940
    Shares
  • २ मिनेट पाठ
  • जनकपुरधाम, ५ जेठ । जनकपुरमा कोरोना परिक्षणको लागि दोस्रो पटक जोडिएको पीसीआर मेसिनमा प्रश्न उठेको छ । कोरोना संक्रमित धनुषाका पत्रकारले २४ वैशाखमा स्वाब परीक्षण गराउँदा उनको रिपोर्ट नेगेटिभ आएको थियो। तर पुनः परीक्षण गर्दा पोजेटिभ देखिएपछि हाल प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

    २१ चैतमा जडान गरिएको मेसिनले गलत रिपोर्ट दिएको भन्दै वैशाखको दोस्रो साता अर्को मेसिन जोडिएको थियो ।

    जिल्लाका २३ जना पत्रकारको स्वाब संकलन गरी प्रादेशिक अस्पताल जनकपुरधामको प्रयोगशालामा जाँच गरिएको थियो । यो मेसिनले रिपोर्ट नेगेटिभ देखाए पनि केही पत्रकारको स्वाब पुनः परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौं लैजाँदा एक जना पत्रकारमा पोजेटिभ देखिएको हो ।

    अर्को मेसिनले पनि गलत रिपोर्ट दिन थालेपछि यसलाई पनि थन्क्याइएको छ । ‘यस्तो मेसिन त चलाउनै नहुने हो’ प्रादेशिक प्रयोगशाला प्रमुख रामविनय साहले भने, ‘बिना ब्रेकको गाडीमा चढ्न त जसलाई पनि डर लाग्छ । यो मेसिन पनि त्यस्तै छ ।’

    केन्द्रीय प्रयोगशालाले दुवै पटक सानो मेसिन पठाएकाले समस्या देखिएको साहले बताए । ‘यस्तो मेसिन चलाउनुभन्दा नचलाउनु नै वेश’ उनले भने ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रादेशिक प्रयोगशालालाई उपलब्ध गराएको दुवै मेसिनबाट १ सय १ वटा स्वाब परीक्षण गरियो । यति स्वाब परीक्षण गर्दा दुब मेसिनले ३र  ३ जनाको रिपोर्ट नेगेटिभ दिएको छ ।

    प्रादेशिक प्रयोगशाला प्रमुख साहले प्रदेश सरकारले खरिद गर्न लागेको ठूलो मेसिन यही हप्तामा जडान गर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार