Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गोरखामा भेटिएको चितुवाको मृत्यु


    आइतबार, जेष्ठ ४ २०७७
    1.1K
    Shares
  • २ मिनेट पाठ
  • गोरखा, ४ जेठ । गोरखामा  आइतबार बिहान घाइते अवस्थामा भेटिएको वयस्क पोथी चितुवा मरेको छ । उक्त चितुवा पालुङटार नगरपालिक९ घडेरी खोला नजिकै फेला पारिएको थियो । गाउँ नजिकै मान्छे नबस्ने घरभित्र चिुतवा लडिरहेको देखेपछि स्थानीयले डिभिजिन वन कार्यालयलाई खवर गरेका थिए ।

    उद्धारका लागि कार्यालयको टोली उक्त ठाउँमा नपुग्दै चितुवा मरेको डिभिजनल वन अधिकृत तोयानाथ पौड्यालले बताए । ‘स्थानीयले खबर गर्दासम्म घ्यारघ्यार गर्दै थियो रे, हाम्रो टोली नपुग्दै मरेछ ।’ 

    शरीरमा कुनै चोटपटक नभए पनि कसैले मारेको हुन सक्ने आशंकामा मृत्त चितुवालाई पोष्टमार्टमका लागि चितवन सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष लैजाने तयारी भइरहेको उनले जानकारी दिए ।

    केही दिन अघिमात्र पालुङटार नगरपालिकामा चितुवा र सिरानचोक गाउँपालिकामा रतुवा मृग मृत्त अवस्थामा फेला परेका थिए ।

    पछिल्लो समय वन्यजन्तु मृत्त अवस्थामा फेला पर्न थालेपछि कार्यालयले विशेष निगरानी बढाएको डिभिजनल वन अधिकृत पौड्यालले बताए । ‘पटकपटक वन्यजन्तु मृत अवस्थामा फेला परेकाले यसको अनुसन्धानमा हामी लागेका छौं, यदि कसैले सिकार गरेको पाएमा कानून बमोजिम हदैसम्मको कारबाही गर्छौ,’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार