सलार्ही, ४ जेठ । मोटरसाइकलमा प्रेस लेखेर हातहतियारसहित हिँड्ने दुई जनालाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ।पक्राउ पर्नेमा सोही गाउँपालिकाका २५ वर्षीय मदन साह र भारत सितामढी ग्राम मरहाडिह १ का १९ वर्षीय अनिष साह रहेका छन ।
शनिबार साँझ साढे तीन बजे बिष्णु गाउँपालिका ३ विश्वनाथ टोलस्थित बांसघारीमा भारतीय नम्वरप्लेट बिआर ३० एम ६७८७ मोटरसाइकलमा आएका दुई जनामाथि प्रहरीले जाँच गरेको थियो। उनीहरूबाट प्रहरीले हातहतियार बरामद गरेको हो।
उनीहरूबाट प्रहरीले थ्री फिप्टी सानो पेस्तोल एक थान, म्यागजिन एक थान, पाँच राउण्ड गोली बरामद गरेको हो। साथै उनीहरूको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।यसअघि पनि उनीहरू चोरीको मुद्दामा पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मदन कुँवरले जानकारी दिए।
उनिहरूमाथि थप अनुसन्धान गरिरहेको छ।