Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वास्थ्य सामग्री लिन वाइडबडी जहाज भोलि चीन जाने


    आइतबार, जेष्ठ ४ २०७७
    525
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ, ४ जेठ । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्नको लागि आवश्यक स्वास्थ्य  सामग्री लिन वाइडबडी जहाज भोलि चीनको ग्वान्जाओ जाने भएको छ। नेपाली सेनाले खरिद गरेको उक्त सामग्री भोलि लिन जाने तय भएको हो । सेनाका अनुसार ग्वान्जाओ विमास्थलमा भएको व्यस्तताले गर्दा उडानको लागि ढिलो भएको हो।

    ‘भोलि साँझसम्म वाइडबडी चीन जाने पक्का भएको छ’ सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने, ‘पहिलो उडानबाट १८ टनसम्म स्वास्थ्य सामग्री ल्याइन्छ होला। त्यसपछि दोस्रो उडानको समय तय गर्ने प्रयास गर्छौं।’

    सेनाले यसअघि नै दुईवटा वाइडबडीमार्फत अरु स्वास्थ्य सामाग्री स्थलमार्गबाट ल्याउने तयारी गरिसकेको थियो। जहाजबाट ल्याउन ढिलो भएको कारणले सेनाले स्थल मार्गबाट १० ट्रक स्वास्थ्य सामाग्री ल्याइसकेको छ।

    २ सय ६५ क्युविकका १० वटा कन्टेनर हिजो साँझ साढे ६ बजे काठमाडौं आइपुगेका हुन्। ती कन्टेनरमा झण्डै ८ टन सामाग्री भएको सैनिक प्रवक्ता पाण्डेले जानकारी दिए।

    उनका अनुसार ९ सय ५२ क्युविक मिटरका कन्टेनरहरु खासा आइसकेका छन् भने बाँकी स्वास्थ्य सामाग्रीहरु पनि ल्याउने काम भइरहेको छ।

    अहिले आएका सामाग्रीहरुमा पिपिई, एन ९५ मास्क र पिसिआरका लागि किट्सलगायत छन्।

    सेनाले ३ सय ४१ टन स्वास्थ्य सामग्रीका लागि चिनियाँ सरकारी स्वामित्वको सिनो फर्मासँग सम्झौता गरिसकेको छ। स्वास्थ्य सामग्रीका लागि सेनाले १ करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलर ९करिब २ अर्ब नेपाली रुपैयाँ० पठाइसकेको छ।

    चैत १६ गतेको मन्त्रिपरिषदको बेठकले जिटुजी प्रक्रियाद्वारा स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी सेनालाई दिने निर्णय गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार