सिन्धुपाल्चोक, ४ जेठ । शनिबार कोरोनाभाइरसका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको १२ दिने शिशुसहित परिवारका चार जना सदस्यलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ।
परिवारका बाँकी तीन जना सदस्यमा मृतककी श्रीमान, आमा र बहिनी छन्। अस्पतालका प्रवक्ता सुमनराज ताम्राकार अनुसार उनीहरू सबैको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिएको छ।
उनले भने, ुउहाँहरू अस्तिदेखि अस्पतालमा हुनुहुन्छ। सबैजनाको कोरोना टेस्ट गर्नलाई स्वाब लिएका छौं। भोलिसम्म नतिजा आउँछ,ु
सिन्धुपाल्चोकको बाह्रविसे(९, राम्चेकी सुत्केरी महिलाको बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएको थियो। पछि उनको पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो। नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो।
ती महिलाले गत वैशाख २४ गते काठमाडौंको टिचिङ अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन्। अहिले महिलाको मृत्यु भएपछि टिचिङ अस्पतालको प्रसुति वार्डसमेत सिल गरिएको छ।