Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बैदेशिकमा हाकिम फेरिए, घुस असुली रोकिएन


    बुधबार, फाल्गुन २१ २०७६
    825
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २१ फागुन । सरकारले म्यानपावर ब्यवसायीलाई कामदार विदेश पठाउँदा फ्री टिकट फ्री भिसामा पठाउनुपर्ने नीति लागू गरेको छ । तर बैदेशिक रोजगार विभाग अन्तर्गतको काठमाडौं कार्यालयमा घुसविना श्रम स्वीकृति नै नदिने गरेको गुनासोको हल हुन सकेको छैन । कामदारको मागपत्रमा कमा र फुलस्टप यताउता भए पनि ताहाचल कार्यालयका कर्मचारीले एक कामदार बराबर १० हजार घुस लिने गरेका छन् । जसका कारण ब्यवसायी मारमा छन् । एकातिर फ्री भिसा भनेकाले शुल्क लिए कारबाहीमा पर्ने डर, अर्कोतिर श्रम स्वीकृति निकाल्नका लागि बैदेशिक रोजगार कार्यालय ताहाचलमा घुस नदिएसम्म काम हुँदैन । बैदेशिक रोजगार कार्यालय काठमाडौंमा कामदारको पूर्वस्वीकृतिदेखि अन्तिम स्वीकृतिसम्म प्रतिकामदार १० देखि २० हजार घुस नै दिनुपर्ने बाध्यता रहेको व्यवसायीको गुनासो छ ।

    ब्यवसायीसँग घुस असुलीका बारेमा साँघुमा समाचार प्रकाशित भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले काठमाडौं बैदेशिक रोजगार कार्यालयका निमित्त प्रमुख देवेन्द्र कार्की र सुरेश जोशीलाई तानेका छन् । तर घुस संकलन गर्ने रैथाने कम्प्युटर अप्रेटर बिपुल पराजुली, नायबसुब्बा योगेन्द्रविक्रम शाह, टेकबहादुर थापा, राजकुमार पोखरेलहरु यथावत छन् ।  श्रम मन्त्रालयको कर्मचारी प्रशासन शाखाका प्रमुख युवराज खतिवडालाई पनि जिम्मेवारी हेरफेर गरिएको छ । उनको ठाउँमा काठमाडौं बैदेशिक रोजगार कार्यालयबाट मन्त्रालयमा ल्याइएका देवेन्द्र कार्कीलाई जिम्मेवारी दिइएको छ ।

    काठमाडौं कार्यालयका कामु प्रमुख रहेका उनै कार्कीलाई कर्मचारी प्रशासनको हाकिम बनाएकोमा भने श्रम मन्त्री रामेश्वर राय यादव आलोचित भएका छन् । कम्प्युटर अप्रेटर बिपुल पराजुली काठमाडौं कार्यालयमा १० बर्षदेखि कार्यरत छन् । सबै सेटिङका काम उनीबाटै हुँदैआएका छन् । यसअघि सामान्य प्रशासन मन्त्रालयको काजसरुवाको पत्र समेत कीर्ते बनाएर करिब ११ बर्ष नायबसुब्बा पेशल कोइराला बैदेशिक रोजगार कार्यालय ताहाचलमा कार्यरत थिए ।  
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार