काठमाडौं । एमालेका सांसद प्रेम आलेले मन्त्री बन्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानीलकन्ठ गएको समाचारमा सत्यता नभएको बताएका छन् ।
नेपाल फेससँग कुरा गर्दै सांसद आलेले भने–‘म ढाडको समस्याले बिरामी भएर कोटेश्वरस्थित घरमै आराम गरिरहेको छु । केही दिनदेखि घरबाट बाहिर नै म गएको छैन । तर देउवा निवास बुढानीलकन्ठमा गएको भ्रमपूर्ण समाचार प्रकाशित गरी मेरो चरित्रहत्या गरिएकोमा खेद प्रकट गर्दछु ।’ आलेले आफू एमालेको सांसद भएको र पार्टीको हित बिरुद्ध लाग्ने कुरा सोच्न पनि नसक्ने बताए ।
मन्त्री बनाइदिन आग्रह गर्न सांसद आले देउवा निवासमा गएको समाचार केही अनलाइनले समाचार प्रकाशित गरेका छन् । आलेले आफूसँग ९ सांसद रहेको र मन्त्री बनाएमा फ्लोरक्रस गरी विश्वासको मत दिने प्रस्ताव गरेको समाचार भाइरल बनाइएको छ ।