काठमाडौं, ३ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ८१ पुगेपछि एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणकै कारण बिहीबार धुलिखेल अस्पतालमा सिन्धुपाल्चोक राम्चेकी २९ बर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले केहीबेरअघि पुष्टी गरेको छ ।
बिहीबार सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पतालमा ल्याइएको थियो । अस्पतालमा ल्याउँदा ल्याउँदै उनको मृत्यु भइसकेको थियो । धुलिखेल अस्पतालमा गरिएको पीसीआर परीक्ष्ँ(ामा कोरोना पोजेटिभ देखिएको थियो । नेपालमा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो । स्वास्थ्य मन्त्रालयका अनुसार २९ बर्षीया ती गर्भवती महिला बैशाख २३ मा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । उनको २४ बैशाखमा नर्मल डेलिभरी भएको थियो । उनलाई बैशाख २५ मा अस्पतालबाट डिस्चार्ज गर्री सिन्धुलाल्चोकस्थित घर लगिएको थियो । घर लगेपछि बिहीबार उनलाई स्वासप्रश्वासमा समस्या भएपछि स्थानीय स्वास्थ्य केन्द्रमा लगियो । र गाह्रो भएपछि धुलिखेल अस्पताल ल्याउने क्रममा उनको बाटैमा मृत्यु भएको हो ।
घरमा गइसकेपछि ज्वरो, श्वासप्रश्वासमा समस्या लगायतका समस्या देखिएपछि स्थानीय अस्पतालमा उपचार गराइएको थियो । स्थिति जटिल बन्दै गएपछि धुलिखेल अस्पतालमा ल्याउने क्रममा उनको निधन हुन पुगेको प्रवक्ता देवकाृेटाले जानकारी दिएका छन् । ती महिलाको मृत्युबारे विस्तृत विवरण लिइरहेको उनले जानकारी दिएका छन् ।