काठमाडौँ, ३ बैशाख । कोरोना संक्रमणको आशंका गरिएकी एक महिलाको बिहीबार राति धुलिखेल अस्पतालमा मृत्यु भएको छ । ती महिला बैशाख २३ मा त्रिवि श्क्षिण अस्पतालमा सुत्केरी भएपछि बैशाख २५ मा सिन्धुपाल्चोक गएकी थिइन् ।
बिहीबार सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पतालमा ल्याइएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पनि ती महिलाको मृत्यु कोरोना संक्रमणकै कारण भएको जानकारी दिएका छन् ।
]२९ बर्षीय ती महिला बैशाख २३ मा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । उनको नर्मल डेलिभरी भएको थियो । उनलाई बैशाख २५ मा अस्पतालबाट डिस्चार्ज गर्री सिन्धुलाल्चोकस्थित घर लगिएको थियो ।
घरमा गइसकेपछि ज्वरो, श्वासप्रश्वासमा समस्या लगायतका समस्या देखिएपछि स्थानीय अस्पतालमा उपचार गराइएको थियो । स्थिति जटिल बन्दै गएपछि धुलिखेल अस्पतालमा ल्याउने क्रममा उनको निधन हुन पुगेको प्रवक्ता देवकाृेटाले जानकारी दिएका छन् । ती महिलाको मृत्युबारे विस्तृत विवरण लिइरहेको उनले जानकारी दिएका छन् ।