Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आठ जना संक्रमितलाई एउटै एम्बुलेन्सबाट दाङ ल्याउँदै


    शुक्रबार, जेष्ठ २ २०७७
    580
    Shares
  • १ मिनेट पाठ
  • दाङ, २ जेठ ।  बाँकेको नरैनापुर गाउँपालिका आठ जना कोरोना संक्रमितलाई एउटै एम्बुलेन्समा राखेर दाङ ल्याइने भएको छ।

    बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार एउटै ठूलो एम्बुलेन्समा राखेर आठ जना विरामीलाई दाङ बेलझुण्डीको कोरोना अस्पताल पठाउा लागेको हो । श्रेष्ठले भने ‘अरु मान्दै मान्दैनन्, त्यसैले एउटै एम्बुलेन्समा पठाउन थालिएको हो।’

    एम्बुलेन्स चालक खोज्न कठिन भएको हुँदा एउटै ठूलो एम्बुलेन्समा राखेर पठाउन थालिएको उनले बताए।

    उनले सबै म्यानेज बाँकेले गर्छ कुनै कुराको कमजोरी रहँदैन भन्दै भने,  विरामी जिल्लामा पठाउनु पूर्व नै दाङसँग सम्पूर्ण सरसल्लाह भइसकेको छ ।

    नेपालगन्जबाट एम्बुलेन्स हिँड्ने तयारी भएको र अबको तीन घन्टाभित्रै सबै विरामी दाङको बेलझुण्डी अस्पताल पुग्ने उनले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार