Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खोलामा डुबेर एक बालकको मृत्यु


    शुक्रबार, जेष्ठ २ २०७७
    785
    Shares
  • १ मिनेट पाठ
  • दमौली, २ जेठ ।  शुक्रबार तनहुँको व्यास नगरपालिका ६ बाह्रबिसेस्थित साँगेखोलामा डुबेर  एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका १२ वर्षीय अङ्कित राना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    साथीसँग पौडी खेल्न गएका रानाको खोलामा डुबेर मृत्यु भएको कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। उनको दमौली अस्पताल ल्याउँदै गर्दा बाटामा मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको शव दमौली अस्पतालमा राखिएको छ ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार