Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दाउरा प्रहार गरी छोराको हत्या गर्ने बिष्णुलाल प्रकाउ


    शुक्रबार, जेष्ठ २ २०७७
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • दोलखा, २ जेठ। आफ्नै छोरालाई दाउरा प्रहार गरी हत्या गरेको अभियोगमा शैलुङ गाउँपालिका-२ झम्सी बस्ने ५२ वर्षीय बिष्णुलाल तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखा र ईलाका प्रहरी कार्यालय मागापौवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    घरायसी विवादको कारण तामाङले गत बैशाख २९ गते आफ्नै छोरा २७ वर्षीय सुवास तामाङलाई दाउरा प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि शिक्षण अस्पताल काठमाडौं लगिएकोमा उपचारको क्रममा बिहीबार दिउँसो उनको मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार