Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना रोकथामको लागि आवश्यक सामान खासा आइपुग्यो


    शुक्रबार, जेष्ठ २ २०७७
    790
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, २ जेठ ।  नेपाली सेनाले चीनबाट जीटुजी प्रक्रियामार्फत खरिद गरेका १० कन्टेनर सामान खासामा आइपुगेको छ। सरकारको निर्देशनानुसार उक्त सामान नेपाल ल्याएको हो । 

    कोरोना भाइरसको जोखिम हुन नदिन ल्याइएका अतिआवश्यक स्वास्थ्य सामग्री आज सो स्थानबाट तातोपानी नाका हुँदै नेपाल भित्रिने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए।

    शनिबारसम्म काठमाडौँ पठाइने तयारी भएको उनले बताए। सेनाले सो प्रक्रिया मार्फत ६७ थरिका स्वास्थ्य सामग्री खरिद गरेको थियो । केही सामान विमानमार्फत ल्याइने जनाइएको छ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार