Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना रोकथामका लागि उच्चस्तरीय समन्वय समितिको बैठक जारी


    शुक्रबार, जेष्ठ २ २०७७
    1.2K
    Shares
  • १ मिनेट पाठ
  •  काठमाडौँ, २ जेठ ।  प्रधानमन्त्री कार्यालय सिंहदरबारमा  कोरोना रोकथामलाई प्रभावकारी बनाउनेबारे छलफल गर्न उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठक बसिरहेको छ।

    शुक्रबार कोरोना रोकथाम र लकडाउनलाई प्रभावकारी बनाउनेबारे छलफल गर्न विज्ञहरूसहितको बैठक बसेको हो।

    यसअघि मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन प्रभावकारी नभएको भन्दै असन्तुष्टि जनाएका थिए।

    यसैबीच आजै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन्।

    प्रधामन्त्री निवास बालुवाटारमा २ बजेका लागि बोलाइएको बैठकमा सरकारको नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिने बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार