Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपाको स्थायी कमिटीको बैठकबारे नीति तथा कार्यक्रमपछि छलफल हुने


    शुक्रबार, जेष्ठ २ २०७७
    1.3K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २ जेठ। शुक्रबार  सरकारको नीति तथा कार्यक्रमपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकका विषयमा छलफल हुने भएको छ ।

    प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार  नेकपा सचिवालय बैठकपछि स्थायी कमिटी बैठकबारे सरकारको नीति तथा कार्यक्रमपछि छलफल हुने छ । 

    उनले भने, आजको बैठकमा त्यसको कुनै टुंगो भएको छैन, नीति तथा कार्यक्रमपछि सचिवालय बैठकका बीचमा केही छलफल होला’   । यसअघि सचिवालय बैठकले वैशाख २४ गते र ३० गते निर्धारण गरेको स्थायी कमिटी बैठक स्थगित भएको थियो ।

    सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम शुक्रबार ल्याउँदैछ । शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय सदस्यहरुको सुझाव मागेका प्रवक्ता श्रेष्ठले बताए ।

    ‘प्रधानमन्त्रीले सरकारको नीति तथा नीति कार्यक्रमका सन्दर्भमा केही महत्वपूर्ण सुझाव छन् भने अझै पनि दिन हुन सचिवालय बैठकलाई अनुरोध गर्नुभयो’ उनले भने, ‘त्‍यसका बारेमा केही विषयमा महत्वपर्ण सुझावहरु सचिवालय बैठकबाट दिने काम भयो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार