Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज ४ बजे संसदमा नीति तथा कार्यक्रम गर्दै राष्ट्रपति


    शुक्रबार, जेष्ठ २ २०७७
    825
    Shares
  • २ मिनेट पाठ
  •  काठमाडौँ, २ जेठ ।  सरकारले  आज संसदमा नीति तथा कार्यक्रम पेश गर्ने भएको छ ।

    अपराह्न  ४ बजे  बस्ने बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट नीति तथा कार्यक्रम पेश गर्नुहुनेछ ।

    सरकारले यस वर्षको नीति तथा कार्यक्रममा कोभिड १९ विरुद्ध लड्न स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिने भएको छ।

    कोरोनासँग लड्न स्वास्थ्य संस्थाहरुलाई आवश्यक सामान किन्ने र अस्पतालहरुको सुदृढीकरण गर्ने कार्यक्रम सरकारले तय गरेको छ।

    त्यस्तै रोजगारी श्रृजना गर्ने कार्यक्रम र कृषिलाई प्राथमिकतामा राख्ने तयारी सरकारको छ।

    सरकारले नीति तथा कार्यक्रममा विदेशबाट आउने नेपाली र ट्रेकिङ क्षेत्रका मजदुरहरुलाई रोजगारी श्रृजना गर्ने कार्यक्रम समावेश गर्ने तयारी गरिरहेको छ। कृषिमा ऋणदेखि, उत्पादन बिक्री नभए सरकारले किन्ने लगायतका कार्यक्रम घोषणा हुँदैछन् ।

    सरकारले कोरोनाको सबैभन्दा ठूलो मार परेको पर्यटन क्षेत्रमा पुनस्थापनाको कार्यक्रम ल्याउने तयारी गरेको छ। 
    कोरोनाको मार परेको पर्यटन क्षेत्रलाई पुर्नजीवित पार्न आन्तरिक भ्रमण वर्ष मनाउने प्रस्ताव सरकारको छ।

    त्यस्तै सरकारले सिंचाई बढाउने र उर्जाको खपत बढाउने गरी कार्यक्रम घोषणा गर्ने भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार