Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थप नौ जनामा कोरोना संक्रमण


    शुक्रबार, जेष्ठ २ २०७७
    825
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २ जेठ । आज (शुक्रबार) बाँके र मकवानपुरमा थप नौं जनामा कोरोना संक्रमण देखिएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा यो संख्या थप भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    मकवानपुर निवासी ३७ वर्षीय पुरुष र बाँके नैनापुर १, ३ र ५ नम्बर वडाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार