काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल समूह शुक्रबार बोलाइएको केन्द्रीय कमिटीमा नजाने भएको छ । नेपाल समूहको बिहीबार बसेको स्थायी कमिटी बैठकले सर्वसम्मतिले सर्वोच्च अदालतले अवैधानिक ठहर गरिसकेको दसौं महाधिवेशन आयोजक कमिटीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नजाने निर्णय गरेको छ । भोलि शुक्रबारको बैठककाबारे एमालेले माधवकुमार नेपालसहितका नेताहरुलाई इमेल पत्र, एसएमएसमार्फत जानकारी दिइएको थियो ।
अदालतले अवैधानिक भनिसकेको दसौं महाधिवेशन आयोजक कमिटीको बैठकले स्थायी कमिटीमा ८ सदस्य मनोनीत गर्ने र शुक्रबार केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दसौं महाधिवेशन आयोजक समितिलाई केन्द्रीय समितिमा रुपान्तरण गरेर एकतर्फी निर्णय गरेपछि नेपाल पक्ष झस्किएको हो । अदालतको आदेश अनुसार २ जेठ, २०७५ को केन्द्रीय कमिटी बोलाउनुपर्ने, त्यो कमिटीले स्थायी कमिटी सदस्य मनोनयन गर्ने वा अरु निर्णय गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले एकतर्फी आयोजक कमिटीको बैठक राखेर निर्णय गरेपछि नेपाल पक्ष नजाने भएको हो ।
ओली एमालेमा एकताको पक्षमा नभएको भ्याकेटमा गएबाट नै प्रष्ट भइसकेको निष्कर्षमा माधव नेपाल पक्षका अधिकांश नेताहरु छन् । तर नेपाल समुहका एकताको पक्षमा लागेका योगेश भट्टराई, सुरेन्द्र्र पाण्डे, गोकर्ण बिष्ट, भीम आचार्य र गोकर्ण बिष्ट पनि ओलीले बिहीबार आयोजक समितिलाई नै केन्द्रीय कमिटीमा रुपान्तरण गरेको भन्दै एकतर्फी निर्णय गरेपछि झस्किन पुगेका छन् ।
ओली पार्टीमा एकता भन्दा पनि माधव नेपाल समूह फुटाउने दाउमा रहेको एकताकै पक्षमा रहेकाहरुले समेत प्रष्टसँग थाहा पाएका छन् । घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण बिष्ट, भीम आचार्यहरुलाई माधव नेपाल ल्याउने खेलमा उनी छन् । र, नेपाल समूहलाई भने एमालेमा पुनः ल्याउने पक्षमा उनी छैनन् ।
माधव नेपाल पक्षमा रहेका भूसाल, पाण्डे, भट्टराई, आचार्य र बिष्टहरु पनि फुटाउने र कमजोर बनाउने रणनीतिमा ओली रहेको कुरासँग प्रष्ट भएका छन् । एमालेभित्र वाकपटुता र पार्टीमा ओलीभन्दा बढी नै योगदान भएका महासचिव इश्वर पोखरेललाई भूमिकाबिहीन पारिएको यथार्थतासँग जानकार रहेका घनश्याम भूसाल र सुरेन्द्र पाण्डेहरु माधव नेपाललाई छाडेर जाँदा एमालेभित्र आफूहरुमाथि हुने सक्ने संभावित पेलानको आँकलन गरी एकमतका साथ शुक्रबारको बैठकमा नजाने निर्णयमा हस्ताक्षर गर्न पुगेका छन् ।
नेकपा माओवादीसँग पार्टी एकता गर्दा अढाई अढाई बर्ष प्रधानमन्त्री हुने सहमति गरेका ओलीले पछि त्यसलाई रद्दीको कागजका रुपमा परिणत गरेका थिए । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग गरेको सहमतिको एक शब्द पनि पालना नगरेका ओलीले माधव नेपाललाई धोका दिएर जाँदा भोलि कस्तो ब्यवहार गर्नसक्छन् भन्ने स्पष्ट देखेपछि भूसाल, पाण्डेसहितका नेताहरु ओलीले बोलाएको बैठकमा नजाने निष्कर्षमा पुगेका छन् ।
सर्वोच्च अदालतले नेकपा एमालेको जेठ २ गते अघिको पार्टी संरचनालाई बैधानिकता दिइसकेपछि त्यसलाई ठाडो उल्लंघन र त्यो निर्णयलाई चुनौती दिदै बुधबार नेकपा एमाले स्थायी कमिटीको बैठक बसेको भन्ने नेपाल–खनाल पक्षको निष्कर्ष छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend