Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपतिजस्तो गौरवको संस्था प्रधानमन्त्रीले जे भन्यो त्यही गर्नेमा सिमित भयाे: राधेश्याम अधिकारी


    बिहिबार, असार १७ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बाठमाडाैं । काँग्रेसका सांसद राधेश्याम अधिकारीले प्रतिनिधिसभा विघटन र राष्ट्रपतिको भूमिका प्रति प्रश्न गर्दै राष्ट्रपतिजस्तो गौरवको संस्था प्रधानमन्त्रीले जे भन्यो त्यही गर्नेमा सिमित भएको टिप्पणी गरेका छन् ।

    आजदेखि सुरु भएको राष्ट्रिय सभाको बर्षे अधिवेशनको पहिलो बैठकमा बोल्दै अधिकारीले साे टिप्पणी गरेका हुन्।

    उनले कोरोना संकटले मुलुक ग्रस्त भएका बेला प्रधानमन्त्रीले दुई पटक संसद विघटन गर्नु औचित्यपूर्ण नभएको बताएका छन् ।

    उनले भने– ‘एकातिर लकडाउन गर्ने र अर्कोतिर प्रतिनिधिसभाको २ पटक विघटन गर्ने विडम्बनापूर्ण काम भएको छ । प्रधानमन्त्रीले अहिले चुनावको घोषणा गरेपनि परिस्थिति ठीक छैन । सर्वोच्चले  राजनीतिक विषयको मुद्दा हेर्न नहुने सत्ता पक्षको सांसदले भन्नुभयो । हिजो पनि सर्वोच्चले हेरेको थियो र भोलि पनि हेर्नेछ ।’

    उनले सरकारले ४५ लाखभन्दा बढी खोप उपलब्ध गराउन नसकेको बताउँदै त्यो खोप २० लाख जनसंख्याका लागि मात्र ठीक भएको बताए ।

    उनले भने– ‘सरकारले खोप ल्याउने भनेर प्रचार गरेपनि खोप ल्याउन नसकेको तितो यथार्थ हो । छिमेकीसँग कुटनीतिक सम्बन्ध कस्तो छ उदाङ्गो भएको छ । सरकार कुटनीतिक मामिलामा असफल भएको छ ।’  कोभिडको असर सामाजिक आर्थिक क्षेत्रमा परेका बेला ४ पटक स्वास्थ्यमन्त्री फेर्नु सरकारको असफलता भएको बताए । 

    सांसद अधिकारीले किसानले मल नपाएर अहिले पनि मलको हाहाकार परेको बताए । यस्तै विद्यालय शिक्षामा समस्या, अक्सिजन अभावमा नागरिकहरुले मृत्युवरण भइरहेको प्रति सरकारले मतलब  नगरेको आरोप लगाए । 
    आफ्ना सहकर्मीलाई समेत समेट्न नसक्ने प्रधानमन्त्रीले  प्रतिपक्षलाई पनि मिलाएर लैजान सक्नेमा विश्वास नभएको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार